सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ बैशाख ।
पर्सा प्रहरीले हतियार र लागु औषध सहित एक भारतीय अपराधिलाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले आइतवार राती ११ बजे अपराधि प्रवृतीका बब्लु पासवानलाई हतियार र लागु औषध सहित पक्राउ गरेको हो ।
भारतबाट द्यच्ण्छब् ीटज्ञघढ नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगंज भित्र प्रवेश गर्दै गरेको अवस्थामा आइतवार राती ११ बजे वीरगंज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डबाट प्रहरी टोलीले भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी बब्लु पासवान भन्ने गणेश कुमारलाई पक्राउ गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले वीमनपा वडा नं.१६ भुटनदेवी मन्दिर नजिक उक्त नम्बरको भारतीय मो.सा.मा सवार पासवान संकास्पदरूपमा आइरहेकोमा रोकेर चेकजाँच गर्न खोज्दा भाग्न खोजेको अवस्थामा नियन्क्रण लिने त्रममा प्रहरीटोलीबाट सानो हतियार (पेस्तोल) बाट दुई राउण्ड गोली फायर गरी निजलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ःबमभ क्ष्ल ग्क्ब् ल्य ज्ञज्ञ पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ–४९ ग्राम र लागु औषध गाँजा ८८० ग्राम फेला परेको प्रनाउ थापाले जानकारी दिनु भयो ।
पासवानको साथबाट लागु औषध तथा हातहतियार बरामद गरिएको र प्रहरी कारवाहीको क्रममा निजको वाँया खुट्टाको घुाडामुनि गोली लागी घाइते भएकोमा तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगि उपचार पश्चात पुनः नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनु भयो ।
जिप्रका पर्साबाट जारी विज्ञप्तीमा पक्राउ पासवान विभिन्न अपराधिक गतिविधीहरूमा समेत संलग्न रहेको खुलेको जनाइएको छ ।
पक्राउ परेका पासवान २०७३ जेठ १३ गते बारा जिल्ला महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगंजको उद्योगी सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको, २०७९ असोज ३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको, छिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागु औषधको कारोवार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको र ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
Facebook Comments Box