सहारा दैनिक

spot_img
Homeसमाचारलगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ–मन्त्री चौधरी

लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ–मन्त्री चौधरी

काठमाडौँ, १६ वैशाख ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ ।
वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको “नेपाल लगानी सम्मेलन २०२४” का सन्दर्भमा सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै उहाले भन्नुभयो– लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ ।
केही–केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।
लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताउनुभयो ।
उहाले नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् भन्नु भयो । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आहृवान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउ पनि छ र सम्भावना पनि छ ।
खासगरी मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उहाले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई आग्रह पनि गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -