सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ बैशाख ।
वीरगंज भन्सार कार्यालयको राजस्व असुलीको लक्ष्य पुरा नहुनुमा कर्मचारीहरुकै अव्यवहारिक निति कारक रहेको पाइएको छ ।
पछिल्लो केही वर्ष देखि लक्ष्य अनुरुपको राजस्व शंकलन गर्न असफल वीरगंज भन्सार कार्यालय चालु आ.व.मा हाल सम्म लक्ष्यको ७० प्रतिसत पनि राजस्व संकलन गर्न नसक्नुमा केही अधिकृत र कर्मचारीहरुको अव्यवहारिक एवं भ्रष्ट निति रहेको सोझासाझा ब्यवसायीहरुले आरोप लगाउने गरेका छन ।
भन्सारको नितिनिर्देशनलाई थाति राखेर केही अधिकृत तथा कर्मचारीहरुले सोझासाझा एवं नितिसंगत राजस्व तिर्ने व्यवसायीलाई विभिन्न बहानामा प्रताडित गर्ने कार्य गरिरहेका छन भने राजस्व छली गर्नेहरुलाई भने सहजता प्रदान गर्ने निति अवलम्बन गर्ने गरेको एक पिडित व्यवसायी बताउछन ।
ति व्यवसायीले वीरगंज भन्सारका केही अधिकृत र कर्मचारीले सोझासाझा व्यवसायीलाई गर्ने गरेको प्रताडित बारे सार्वजनिक रुपमा मुख खोल्दा वा सार्वजनिक गर्दा आफ्नो व्यापार नै बन्द गर्नु पर्ने अवस्था सृजना हुन सक्ने भएकोले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका छन ।
वीरगंज भन्सार कार्यालयको डिशि शाखामा कार्यरत भन्सार अधिकृत सुनिता पौडेलको अव्यवहारिक नितिले गर्दा हामीलाई राजस्व तिरेर ल्याउदा सहज हुने मालसामान पनि कतिपय व्यवसायीले अवैध बाटो अवलम्बन गर्नु पर्ने अवस्था सृजना भएको एक क्लियरिङ एजेन्टको भनाइ छ ।
अधिकृत पौडेलले एलो र ग्रीन लेनमा आउने मालसामानलाई सहज रुपले जांच पास गरी भित्रियाउन दिनु पर्ने भए पनि विभिन्न बखेडा खडा गरी अनुचित लाभ नलिए सम्म जांच पास नगर्ने गरेको आरोप व्यवसायीहरुको छ ।
ग्रीन लेनमा आउने मालसामानलाई दुई घण्टा भित्र प्रकृया पुरा गरी छाड्नु पर्ने व्यवस्था रहे पनि अधिकृत पौडेलले अनुचित लाभ लिन कै लागी प्रत्येक मालसामानमा शंकाको बहाना गरेर अल्झाउने र ढिला सुस्ती गर्न खोज्छिन अनुचित लाभ लिए पछि भने सहजै जांचपास गरी पठाउने गरेकी अर्का एक क्लियरिङ एजेन्टको आरोप छ ।
बरु ग्रीन लेनको आडमा जुनसुकै लेनको मालसामान भए पनि अनुचित लाभ लिए पछि अधिकृत पौडेल सहजै जांचपास अर्थात प्रकृया पुरा गरेर पठाउने गरेको व्यवसायी श्रोतको दावी छ ।
एक व्यवसायीले डिशि शाखामा दुई अधिकृतको दरवन्दी भए पनि एक अधिकृत मात्र रहेकी पौडेलले व्यवसायीहरुलाई आतंकित पार्ने गरेको बताउछन ।
यस सम्बन्धमा वीरगंज भन्सार कार्यालयका प्रमुख प्रसाशक डिलाराम पन्थीसंग जिज्ञासा राख्दा उहाले शंका लाग्दा व्यवसायीहरुको मालसामान चेकजांच गर्ने प्रावधान रहेकाले सोही बमोजिम हाम्रा कर्मचारीहरुले कार्य गरेको बताउनु हुन्छ ।
उहाले कोही कर्मचारीले अनुचित दुःख दिएको छ भने म कहां गुनासो आए सम्बोधन गर्ने दावी गर्नु भयो ।
स्मरण रहोस पछिल्लो समय वीरगंज भन्सार कार्यालयबाट केही क्लियरिङ एजेन्टले कर्मचारीहरु कै मिलोमतोमा एउटै प्रज्ञापनमा ३–४ सवारी साधनको नम्बर उल्लेख गरी जांचपास भएको मालसामान भन्दा तेव्वर मालसामान भन्सार प्रा·णलाई नै प्रयोग गरी राजस्व छली भारतबाट नेपाल भित्रियाउने गरेको चर्चा चरम उत्कर्षमा छ ।
Facebook Comments Box