सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ बैशाख ।
वीरगंज महानगरपालिका वडा नं. २५ मौजे सिर्सिया सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
सिर्सियाबाट ड्राईपोर्ट तर्फ आउदै गरेको ना १८ प ९८१६ नं. को मो.सा. र ड्राईपोर्टबाट सिर्सिय तर्फ जांदै गरेको ना ३१ प ३८३५ नं. को मो.सा. एक आपसमा ठक्कर खांदा एक युवकको मृत्यु भएको हो ।
सो दुर्घटनामा गम्भिर घाइते भएका स्थानीय देवनाथ रावत कुर्मीको छोरा बर्ष अं.२५ को अर्जुन पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएको ना ३१ प ३८३५ नं. मो.सा. चालक पटेललाई उपचारको लागि वीरगंज हेल्थ केयर हस्पिटलमा लैजांदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सोही मोसामा पछाडि सवार अं.२० वर्षीय आकाश पटेलको टाउकोमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसै गरी ना १८ प ९८१६ नं. को मो.सा. चालक अं.१५ वर्षीय कनैया चर्तुवेदीको छातिमा चोट लागेको अवस्था मध्यम रहेको छ भने सो मोटरसाइकलमा पछाडि सवार अं.१५ वर्षीय सामा पटेलको खुट्टा र टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box