सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ बैशाख ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले ११ लाख मुल्य बराबरको भन्सार छलिका सामानहरु नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट उक्त मुल्य बराबरको भन्सार छलिका सामानहरु नियन्त्रणमा लिइ भन्सार दाखिला गरेको छ ।
गुल्मका टोलीले बुधवार भन्सार मेनगेट वरपरको ईलाकाबाट चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको किराना सामान, लत्ताकपडा, अटोपार्टस र उक्त सामानहरु ओसार पसारमा प्रयोग गरिएको १ मो.सा. र १ स्कुटर समेत नियन्त्रणमा लिइ रु. ६ लाख ८७ हजार ८ सय मुल्यांकन गरी आवश्यक कारबाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।
त्यसै गरी बुधवार नै भन्सार मेनगेटबाट भारतबाट नेपाल तर्फ ना ४१ प ११५९ नम्बरको मो.सा.मा आउदै गरेको अं. ५० बर्षीय एक जना नेपाली नागरिकको साथबाट भा.रु. १ लाख ४९ हजार ८ सय ५० र नेपाली रु. १६ हजार ७ सय ५५ फेला परे पछि मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्यावटर पर्साले जनाएको छ ।
Facebook Comments Box