सहारा दैनिक

spot_img
Homeदेशमधेशनालामा अज्ञात पुरुषको शव फेला

नालामा अज्ञात पुरुषको शव फेला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ बैशाख ।
वीरगंज महानगरपालिका वडा नं. १४ स्थित चिनी मिल पिपरा जनस्वास्थ्य कार्यालय अगाडि अगाडिको नालामा एक अज्ञात पुरुषको शव फेला परेको छ ।
अन्दाजी ४५–५० वर्ष उमेर रहेको पुरुषको शव नालामा घोप्टो परेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलवार दिउसो स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सुचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुसन्धान टोली घट्ना स्थलमा पुगेर मुचुल्का लगाइ प्रारम्भिक अनुसन्धान गरी शव नारायणी अस्पताल वीरगंजको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
पहिचान खुल्न नसकेको शवको विषयमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा स्यामलोवर्ण ५ फिट २ इन्च उचाइ रहेको खैरो रंगको भेस्ट र निलो ट्रेक लगाइएको अवस्थामा शव फेला परेको उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -