सहारा दैनिक

spot_img
Homeदेशमधेश६१ लाख मुल्य बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रण

६१ लाख मुल्य बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ बैशाख ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघरचोक स्थित सडकखण्डबाट औषधी तथा खुद्रा सामानहरु लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले गए राती ना.६ ख ६५१२ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहिरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा रहेकाऔषधी तथा खुद्रा सामानहरुको अ.मु.रू.६१ लाख १४ हजार ८७मुल्यांकन गरी आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -