सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ चैत्र ।
वीरगंज उद्योग वाणिज्य संघको आर्थिक अनियमितता महासचिव आशिष कुमार लाठले पदबाट दिएको राजिनामाबाट छताछुल्ल भएको छ ।
महासचिव लाठले अध्यक्ष अनिल कुमार अग्रवालको कार्यशैली प्रति गम्भिर असन्तुष्टि र आर्थिक अनियमितताको शंकेत गर्दै पदबाट राजिनामा दिएका हुन् ।
एका तिर आम व्यवसायी विच संघमा पछिल्लो केही कार्यकाल देखि परिवारवाद हावी भएको चर्चा एवं आरोपको विषय चरम उत्कर्षमा छ । ओम प्रकाश शर्मा देखि सुरु भएको संघमा सिंडिगेट अहिले सम्म जारी रहेको प्रति आम व्यवसायी एवं संघका मतदाताहरुमा व्यापक असन्तुष्टि रहेको देखिन्छ । शर्मा संगै गोपाल केडिया, गणेश लाठ, अशोक टेमानी, अनिल अग्रवाल, सुबोध गुप्ता, हरी गौतम लगायतका टिमले आम एवं जुझारु व्यवसायीहरुलाई संघको नेतृत्वमा पुग्न नदिन पछिल्लो केही कार्यकाल देखि सिंडिगेट अन्तरगत आ–आफ्ना उतराधिकारीका रुपमा कि त सन्तान नभए आफ्ना आज्ञाकारी व्यापारीलाई मात्र संघको नेतृत्वमा पुर्याउने निति अनुरुप गतिविधि गर्दै सर्वसम्मतको नाममा सिंडिगेट चलाइ रहेको संघकै एक सदस्यले बताएका छन ।
उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार सिंडिगेटका यी खेलाडिहरु आ–आफ्ना उद्योग व्यवसायको संरक्षणका लागी मात्र संघमा वर्चस्व स्थापित राखिराख्न अन्य युवा तथा भिजन सहित संघमा प्रतिस्पर्धा गर्ने प्रयास गर्दा यी टिमले विभिन्न बहानामा होच्याउने, हेप्ने जस्ता व्यवहार प्रस्तुत गरेर धपाउने गरेका छन ।
यसै विच बुधवार महासचिव लाठले अध्यक्ष अग्रवाललाई सम्बोधन गरेर दिएको राजिनामा पत्रमा लेखा सम्बन्धी विवरण माग्दा अध्यक्षको अनुमति लिनु पर्ने संघको कर्मचारीले वताएपछि राजीनामा दिएको उल्लेख गरेका छन । लाठको राजिनामाले सिंडिगेट एवं परिवारवादको निरन्तरता भत्किने हो कि भन्ने भए पछि आम व्यवसायीहरुमा उत्साह देखिएको छ ।
महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने गरेको भन्दै महासचिवको हैसियतले काम गर्न नसक्ने वताउँदै उनले राजीनामा दिएका हुन् । महासचिव लाठले अध्यक्ष अनिल कुमार अग्रवाललाई राजीनामा पठाएका छन् ।
उनले केही दिन पहिला संघको लेखा सम्बन्धी कुनै विवरण माग गर्दा सम्बन्धि शाखाका कर्मचारीले अध्यक्षबाट सोधेर मात्र उपलब्ध गराउन सकिने वताए पछि महासचिव लाठले सम्बन्धित कर्मचारी संग लिखित जवाफ माग्दा कर्मचारीको ठाउमा अध्यक्ष अग्रवालले पत्र पठाएको प्रति असन्तुष्टि व्यक्त गरेका छन ।
जुन पत्रमा संघको लेखा सम्बन्धी अति गोपनिय विवरण विभिन्न समाजिक सञ्जालमा पुग्नु पछाडि संघका कार्यसमिति सदस्य र पदाधिकारीसमेत शंकाको घेरामा रहेको उल्लेख गरिएको थियो । त्यस कुराले संघ भित्र आर्थिक अनियमितता भएको र त्यँही कारणले संघका पदाधिकारी बिच विवाद उत्पन्न भएको चर्चा व्याप्त छ ।
महासचिव समेतले लेखा सम्बन्धी विवरण माग्दा अध्यक्षको अनुमति लिनु पर्ने भनेर अध्यक्ष अग्रवालले सचिवालयलाई आदेश दिएको कारण राजीनामा दिएको लाठले पत्रमा उल्लेख गरेका छन ।
महासचिव लाठको राजिनामाले संघ भित्र अध्यक्षले गरेको एकलौटीपन र आर्थिक अनियमिततालाई पुष्टि गरेको जानकारहरु बताउछन ।
अध्यक्ष अग्रवालको पत्रानुसार महासचिव हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामन्जस्य गर्न नसकेको र सघंको हितमा काम गर्न नसकेको भनेर सन्देशसमेत प्राप्त भएकोले राजिनामा दिएको महासचिव लाठले पत्रमा उल्लेख गरेका छन ।
महासचिव लाठले राजिनामा पत्रमा अध्यक्ष अग्रवालको अनेपक्षित एवं अप्रत्यक्ष आरोपबाट आफु लज्जित भएको उल्लेख गर्दै महासचिवको विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप हुने परिस्थितिमा म महासचिवको हैसियतले काम गर्न नसक्ने भएकोले राजीनामा दिएको उल्लेख गरेका छन ।
Facebook Comments Box