सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ चैत्र ।
पर्सा प्रहरीले ठुलो परिमाणमा विभिन्न लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित बोखार चोकबाट विभिन्न लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको मधेश प्रदेश ०३–००१ भ ७०९८ नम्रको पिकअपलाई रोकेर चेकजाँच गर्दा फल्स सिलिङ बनाइ सो भित्र कालो टेपले केरिएको अवस्थामा लागु औषक नुरफिन १२०० पिस, फेनारगन १२०० पिस, डाइजोपाम १२०० पिस, इलचभह १०० एमएल ५० बोतल, त्बउभलतबमय ि१०० एमजि ट्याब्लेट ३९ पत्ता फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ केशर कुमार न्यौपानेले जानकारी दिनु भयो ।
विभिन्न लागु औषध फेला परे पछि पिकअप सहित वीरगंज महानगरपालिका वडा नं. २० को २१ वर्षीय विष्णु पटेल र २० वर्षीय राजन यादवलाई नियन्त्रणमा लिई उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट म्याद लिइ थप अनुसन्धान भइ रहेको प्रनाउ न्यौपानेले जानकारी दिनु भयो ।
Facebook Comments Box