सहारा दैनिक

spot_img
Homeदेशमधेशपेट्रोलको मृल्य वृद्धि फिर्ता लिन माग

पेट्रोलको मृल्य वृद्धि फिर्ता लिन माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ चैत्र ।
जनमत पार्टी पर्साले पेट्रोलमा वृद्धि गरिएको मुल्य तत्काल फिर्ता लिन माग गरेको छ ।
जनमतपार्टी निकट युवा जनमत संघ वीरगंज महानगर र बिधार्थी जनमत संघ, युवा दस्ता तथा मजदुर जनमत संघले पेट्रोलको मुल्य वृद्धि फिर्ता लिन माग गर्दै वीरगंज स्थित घण्टाघर चोकमा प्रदर्शन सहित कोणशभा गरेको छ ।
युवा जनमत संघका महानगर संयोजक संजय सिंहको नेतृत्वमा भएको प्रदर्शनमा युवा दस्ताका पर्सा जिल्ला संयोजक मनोज साह, मजदुर जनमत संघका जिल्ला संयोजक बिष्णु कुशवाहा, बिधार्थी जनमत संघका जिल्ला संयोजक विवेक कुमार झा, ठाकुर राम बहुमुखी क्याम्पस इकाई अध्यक्ष अभिषेक झा लगायत युवा नेताहरूको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -