सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० चैत्र ।
पर्सा जिल्ला धोबिनी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहलाई गाउपालिकाका जनप्रतिनिधिले कुटपिट गरी घाइते बनाएका छन ।
गाउपालिका कार्यालय मै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसो गाउकार्यपालिका सदस्य दिनेश प्रसाद कलवारले गापा अध्यक्षको नेम प्यलेटले हिर्काउदै कुटपिट गरी गम्भिर घाइते बनाएको कर्मचारीहरुले वताएका छन् ।
प्रमुख प्रशासकिय अधिकृत साहलाई कुटपिट गर्ने कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कलवारको कुटपिटबाट अधिकृत साहको छातीमा गम्भिर चोट लागेको छ ।
कर्मचारीहरुका अनुसार कार्यालय समय मै मंगलवार दिउसो २ बजे गाउपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए ।
गापा अध्यक्ष कै कार्यकक्षमा बसेका गाउकार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी अधिकृत साहको कलर समातेर सर्ट च्यात्नुका साथै लछारपछार गर्दै अन्धाधुन्ध हातमुक्का तथा काठ फलाम भएको गाउपालिका अध्यक्षको नेमप्लेट समेतले हिर्काएको प्रत्यक्षदर्शी कमचारीहरुले बताएका छन ।
प्रमुख प्रशासकीय अधिकृत साह धोबिनी गाउपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक–पटक साना तिना कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको कर्माचारीहरुले बताएका छन ।
दिनेश प्रसादले कर्मचारीहरुसंग पूर्व रिसिईवीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार गर्ने गरेको समेत कर्मचारीहरुको आरोप छ ।
यसै विच अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएको दुर्व्यवहार तथा कुटपिट घटनाको गाउपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भर्त्सना गरेका छन् ।
गाउपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका छन ।
कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पिडित साहले मंगलबार नै दोषीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका छन् ।
यता घटना बारे जिल्लाका कर्मचारीहरुको एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद भुसालसंग भेटेर घटना बारे जानकारी समेत गराएको छ । दोषीमाथि कारवाही नभए जिल्लाका सम्पर्ण कार्यालयको कामकाज समेत बन्द गर्ने समेत उनीहरुको चेतावनी दिएको बुझिन आएको छ ।
Facebook Comments Box