सहारा संवाददाता–––––––––––––––
कलैया, २० चैत्र ।
नगद रकम सहित हुण्डी कारोबार आरोपमा पक्राउ परेका दुई जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विश्रामपुर गाउपालिका वडा नं. ४ मुसहर्वाबाट नगद रु १३ लाख ५० हजार सहित एक जना र निजको बयानको आधारमा अर्का एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं. १ बनकटवाको ३४ वर्षीय हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ को ४२ वर्षी रमेशप्रसाद कुसवाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विश्रामपुर गापा वडा नं. ४ मुसहर्वास्थित सडकखण्डमा भारतबाट २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल आउदै गरेको अवस्थामा श्रोत नखुलेको रु १३ लाख ५० हजार रकम सहित पटेललाई पक्राउ गरी सोधपुछ गर्दा निजकै बयानको आधारमा उक्त रकम आर.के. मनी चेन्जर बरियारपुरका संचालक रमेश कुसवाहाको रहेको खुले पछि उनलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ दधीराम न्यौपानेले जानकारी दिनु भयो ।
उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका क्रममा पछिल्लो दुई दिनमा मात्रै करिब ८ करोड रकम हुण्डी कारोबारमार्फत नेपाल भित्रियाएको खुलेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रउ काफ्लेले हुण्डी कारोबारमा संलग्न अरुको पनि खोजतलास भइरहेको बताउनुभयो ।
पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान भइ रहेको उहाले जानकारी दिनु भएको छ ।
Facebook Comments Box