सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ चैत्र ।
चैते दशैंको अवसरमा गहवामाई मन्दिरबाट गहवामाईको डोली यात्रा निकालिने भएको छ ।
माइस्थान संचालक समिति वीरगंजले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी डोली बारे जानकारी दिएको हो ।
चैते दशैंको अवसरमा अष्ठमीका दिन २०८१ बैशाख ४ गते मंगलवार गहवामाइको निशान सहित डोली यात्रा निकालिने समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
उहाले गहवामाइ मन्दिर परिसरबाट प्रारम्भ हुने डोली यात्रा वीरगंज रोड नं. २ हुंदै विर्तामाई मन्दिर, अलखियामठ, महाविर मन्दिर, घण्टाघर हुंदै पुनः गहवामाई मन्दिर प्रा·णमा पुगेर समापन हुने कार्यक्रम रहेको जानकारी दिनु भयो ।
अध्यक्ष शाहले डोली यात्रामा सहभागिताका लागी भक्तजनहरुमा उत्साहजनक सहभागिताको लागी आग्रह समेत गर्नु भएको छ ।
Facebook Comments Box