सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ चैत्र ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको दुहुना भैसी,पिकअप र कपडाहरू वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ३ बाट कपडाहरु र वडा नं. २१ बाट नियन्त्रणमा लिएको भैसी र पिकअप आवस्यक कारवाहीको लागी भन्सारमा बुझाएको जनाइएको छ ।
प्रहरी टोलीले मालबस्तुहरू तथा चोरी तस्करीमा सलंग्न एक जनालाई समेत पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले दिएको जानकारी अनुसार वीरगंज महानगरपालिका वडा नं.३ छप्कैया स्थितबाट भन्सार छली चोरी तस्करी गरी भित्राइएको रु.४ लाख ५१ हजार बराबरको कुर्ता सुरवाल, कार्पेट र कुर्ता सुरवाल बनाउने थान कपडाहरू नियन्त्रणमा लिएको हो ।
त्यसै गरी वीमनपा वडा नं. २१ परवानीपुर चोक स्थितबाट ना.५ च ३३८६ नम्बरको पिकअपमा दुहुना भैंसी २ वटा र पाडा १ वटा भारतबाट भन्सार छली चोरी तस्करी गरी वीरगंजबाट नवलपरासीतर्फ जांदै गरेको अवस्थामा भैंसी साहु पर्सा जिल्ला बहुदरमाई न.पा.वडा नं.५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरी कपडा र भैसी, पाडा र पिकअपको २० लाख ९३ हजार मुल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box