सहारा दैनिक

spot_img
Homeसमाचारखर्च हैन बचत गर्ने बानी बसालौं– नेता शिव पटेल

खर्च हैन बचत गर्ने बानी बसालौं– नेता शिव पटेल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ चैत्र ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेल ले हाम्रो समाजमा पैसा बचत गर्नुको साटो खर्च गर्ने संस्कार बढदै गैरहेको बताउनु भएको छ ।
ुन्इीद्यब् ीःइल्भ्थ् ध्भ्भ्प् ु को अवसरमा साधना लघुबित बितीय संस्था लि. को शाखा कार्यालय बहुदरमाई नगरपालिका –३ नगरदाहाले बिन्दबाशिनी माइ मन्दिरको सभाहलमा आयोजना गरेको जनप्रतिनिधि लक्षीत बितिय साक्षरता कार्यक्रममा नेता पटेलले यस्तो बताउनु भएको हो ।
खर्च गर्ने संस्कारलाइ रोकेर खर्च हैन बचत गर्ने बानी नबसाले सम्म हाम्रो समाज अगाडि नबढने बताउनु भयो ।
उहाले लघुबित संस्थाले गाउमा बिना धितो समुह तथा गोलियाको अधारमा गरेको ऋण लगानीबाट अधिक्तम सोझा साझा गरिब निमुखाले राम्रो फाइदा लिएको बताउदै ऋण सदुपयोग भन्दा दुरुपयोग गर्नेले घाटा ब्योहोर्नु परेको बताउनु भयो ।
कार्यक्रममा महिला जनप्रतिनिधि सरस्वती देविको अध्यक्षतामा आयोजित साक्षरता कार्यक्रममा साधना लघुबित बितीय संस्थाका सिताराम पंडीत, बिशाल कुमार यादव, अस्थानीय बिजय कुमार बिन्दवाशिनी माता मन्दिरका पुजारी पुरुषोतम उपाध्याय लगयतले मन्तब्य ब्यक्त गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -