सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ चैत्र ।
पर्सा प्रहरीले हुण्डी कारोबारीमा सलंग्न एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नं.१६ दुर्गाहल पछाडीको गल्ली सडकखण्डबाट नगद तथा चेकहरू सहित एक जनालाई पक्राउ गरेको हो ।
संकाष्पदरूपमा हिडिंरहेका धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका वडा नं.६ हाल वीमनपा वडा नं.१६ बस्ने वर्ष ५० को रामबाबु साह कलवारलाई खान तलासी गर्दा निजले बोकेको झोलामा लुकाइ छिपाई राखिएको रु.१००० दरका नोट ३३५ थान, रु.५०० दरका नोट ६८२ थान गरी नेपाली रु.६ लाख ८२ हजार र भारतीय प्रतिबन्धित रु.५०० दरका नोट रहेको भा.रू.२८ हजार र विभिन्न बैंकहरूको चेकबुकप–१९ थान फेला परे पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिईएको साह उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box