सर्लाही, ४ चैत (रासस)
सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको र्ट्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ ।
बसबरिया गाउँपालिका–३ का दिनकर रायको प्रदेश २–०२–००१ त ०४३५ नम्बरको र्ट्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आज करिब ७ बजे पल्टिँदा र्ट्याक्टरका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा र्ट्याक्टर पल्टिँदा र्ट्याक्टरका चालक माझीको ज्यान गएको र र्ट्याक्टरमा सवार र्ट्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन् ।
र्ट्याक्टर धनी यादव फरार रहेका छन् । दुर्घटनामा संलग्न र्ट्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिनुभयो ।
Facebook Comments Box