सहारा दैनिक

spot_img
Homeसमाचारआगलागीमा परी तीन बालबालिकाको मृत्यु

आगलागीमा परी तीन बालबालिकाको मृत्यु

भोजपुर, ३ चैत (रासस)
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -