सहारा दैनिक

spot_img
Homeसमाचारराष्ट्रिय दलित नेटवर्कको सपथग्रहण तथा पदर्स्थापना सम्पन्न

राष्ट्रिय दलित नेटवर्कको सपथग्रहण तथा पदर्स्थापना सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ फागुन ।
राष्ट्रिय दलित नेटवर्कका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण संगै पदस्थापना भएको छ ।
नेटवर्कको पाँचौं राष्टिय सम्मेलन तथा १६ औं साधारण सभााबाट निर्वाचित कार्यसमितिको एक कार्यक्रम विच शनिवार धनगढीमा सपथग्रहण तथा पदस्थापना भएको हो ।
सम्मेलनले संगठनका संस्थापक अध्यक्ष गणेशबहादुर बिश्वकर्मालाई संरक्षकको जिम्मेवारी प्रदान गरेको थियो भने मोहन ओडको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।
जसको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमसः श्याम सुनार, पार्वती आग्री, जंग बहादुर सुनार र गिता नेपालीलाई चयन गरेको थियो भने सदस्यहरुमा प्रेम बिक, कलावती भांड, प्रेमकला सोव र दिक्षा सार्की रहनु भएको छ ।
संगठनको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा गोपनियताको सपथ ग्रहण गराउदै संगठनका संस्थापक अध्यक्ष एवं संरक्षक गणेशबहादुर बिश्वकर्माले राष्ट्रिय दलित नेटवर्क एक गैरसरकारी संस्थाको नाम मात्र नभई यो आन्दोलनको रुपमा स्थापित भई सकेको बताउनुभयो ।
उहाले अहिले मूलुकले संघीयता र समावेशी बिकासको अभ्यास गरिसकेको सन्दर्भमा दलितहरुको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्थापना गर्नका लागि संगठनले निरन्तर पैरवी र पहरेदारीको रुपमा काम गर्नुपर्ने औल्याउनु भयो ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका नवनिर्वाचित केन्द्रीय अध्यक्ष मोहन ओडले संगठनले दिशा निर्देश गरेका मुख्य लक्ष्य, उद्देश्यहरु र रणनितीक योजनाहरु परिपुर्ति गर्नका लागि आफुहरु एकता र प्रतिबद्ध भएर अगाडी बढने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक हुकुम बहादुर सार्कीले गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -