सहारा दैनिक

spot_img
Homeदेशमधेशग्यास सिलिण्डर पड्किएर १ को मृत्यु, ५ घाइते

ग्यास सिलिण्डर पड्किएर १ को मृत्यु, ५ घाइते

बारा, १४ फागुन (रासस)
ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका ५ बस्ने वर्ष ४५ को रेशम मगरको मृत्य भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो १२ बजेको समयमा निजगढ नगरपालिका ७ निजगढ बजार स्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
ग्यास सिलिण्डर पड्किँदा बारा, निजगढ नगरपालिका ५ बस्ने ४५ को सूर्यबहादुर थापा, सामुदायिक प्रसूती गृह अस्पताल निजगढमा, जिल्ला पर्सा, वीरगंज महानगरपालिका ९ बस्ने वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगंज, पर्सामा, सोही ठाँउ बस्ने वर्ष २० को रितु रजत, बयोधा अस्पताल वीरगंज, पर्सामा, भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवाल र भारत, रामगढवा वर्ष २० को अरविन साह, बयोधा अस्पताल वीरगंज, पर्सामा उपचार भइरहेको प्रहरी फ्रवता न्यौपानेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -