सहारा दैनिक

spot_img
Homeसमाचारमन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौँ, ६ फागुन (रासस)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।
गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिनुभयो ।
जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उहाँलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिनु भएको आशय उहाँले व्यक्त गर्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -