सहारा दैनिक

spot_img
Homeदेशलुम्बिनीप्रहरी कै गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

प्रहरी कै गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

दाङ, ३ फागुन (रासस)
घोराहीमा एक प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ ।
दाङको घोराही (१५ दामोदार चोक नजिक आज साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान यमबहादुर झाँक्रीले “डिउटी”मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।
गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो ।
महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका(६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -