सहारा दैनिक

spot_img
Homeसमाचारविश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छः प्रधानमन्त्री

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छः प्रधानमन्त्री

काठमाडौँ, ३ फागुन (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताउनुभएको छ ।
भारतीय विश्वविद्यालय सङ्घ (एआइयु)(उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले चिकित्सा शिक्षा, जीवनशैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
दक्षिणमा रहेका ज्ञानका स्रोतहरू विश्वव्यापी व्यवस्थामा योगदान पुर्याउनका लागि बैठक एवं सम्मेलन प्रस्थानविन्दु हुने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ”, उहाँले भन्नुभयो, “बरु साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ ।” उहाँले उत्तर(दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाडौँ विश्वविद्यालयले अगुवाइ गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताउनुभयो ।
आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर(सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योग विज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाडौँ विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रमहरू विस्तार गरेकामा बधाई दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -