सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ फागुन ।
बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले सेवाग्रहीको छिटोछरितो काम गर्न निर्देशन दिनु भएको छ ।
मेयर सिंहले महानगरपालिकाका ३२ वटै वडा समिति सचिवहरुसंगको छलफलका क्रममा यस्तो निर्देशन दिनु भएको हो ।
उहाले सेवाग्राहीको काम विना कुनै झण्झट तत्काल गर्न र सुशासन कायम राख्न निर्देशन दिनु भएको छ ।
वडा सचिवहरुसंगको बैठकमा कार्यालय समय भित्र सबै कर्मचारी कार्यालय मा काममा लागेर सफाई, विजुली वत्ति, सिफारिस र विकास निर्माण को काममा लगनशील भै लाग्न निर्देशन दिनु भयो ।
बैठकमा प्रमुख कार्यकारिणी अधिकृत मात्रीका भट्टराई , सुशासन समितिको संयोजक प्रदीप चौरसिया र सदस्यहरु , प्रेस सल्लाहकार महेश दास लगायत को उपस्थिति रहेको थियो ।
Facebook Comments Box