पाल्पा, १ फागुन (रासस)
पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।मृतकको पहिचान हुन सकेको छैनभने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो ।
Facebook Comments Box