सहारा दैनिक

spot_img
Homeदेशमधेशछुट्टा–छुट्टै स्थानबाट लागु औषध सहित दुई जना पक्राउ

छुट्टा–छुट्टै स्थानबाट लागु औषध सहित दुई जना पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ माघ ।
पर्सा प्रहरीले छुट्टा–छुट्टै स्थानबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले छुट्टा–छुट्टै स्थानबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले बिहिवार राती २२ः४५ बजेको समयमा पटेर्वा सुगौली गापा वडा नं. ५ निचुटा स्थित पुलेमन मुखियाको घरमा खान तलासी गर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मि.ग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मि.ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मि.ग्राम, डिजिटल तराजु थान–१ र नगद रू.२९ हजार सत्तरी फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध फेला परे पछि २० वर्षीय पुलेमन मुखियालाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले बिहिवार राती साढे ८ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकेर चेकजाँच गर्दा बसमा सवार वी.म.न.पा.वडा नं.२१ परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेटमा रहेको १०५ ग्राम फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध फेला परे पछि निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -