सहारा दैनिक

spot_img
Homeदेशमधेशटिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धानका पूर्व अधिकृत थापाको मृत्यु

टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धानका पूर्व अधिकृत थापाको मृत्यु

सहारा संवाददाता–––––––––––––––
कलैया, २४ माघ ।
बारा जिल्ला स्थित कलैया–पिलुवा सडक खण्डमा टिपरले ठक्कर दिंदा राष्ट्रिय अनुसन्धानका एक पुर्व अधिकृतको मृत्यु भएको छ ।
मोटरसाइकलमा पिलुवाबाट कलैया तर्फ जाँदै गरेको अवस्थामा विपरित दिसाबाट आएका टिपरले ठक्कर दिंदा राष्ट्रिय अनुसन्धान विभागका पूर्व नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको हो ।
कलैयाबाट पिलुवा तर्फ गइरहेको टिपरले बुधवार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागी कलैया स्थित प्रदेशिक अस्पतालमा लगिएको थियो ।
कलैया उपमहानगरपालिका वडा नं. ७ बरेवा निवासी थापाको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त हुनुभएको थियो । उनलाई ठक्कर दिने टिपरलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएकाले खोजी भइरहेको र घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -