सहारा दैनिक

spot_img
Homeसमाचार२५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

२५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २२ माघ (रासस)
अवैधरूपमा बाहृय मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाहृय मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्वाञ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान हृयाण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -