सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ माघ ।
वीरगंज उद्योग वाणिज्य संघले सीजी होल्डि·सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष अनिलकुमार अग्रवालले आइतवार एक प्रेस विज्ञप्ती जारी गरी नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीलाई पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
संघले जारी गरेको विज्ञप्तीमा मुलुक आर्थिक समस्याहरुसंग जुधिरहेको बेला समस्या निरुपणका लागि समग्र निजी क्षेक्र सत्रिय भइरहेकोमा अनुसन्धानको नाममा विभिन्न बहानामा उद्योगी व्यवसायीहरु माथि भइरहेको धरपडक एवम् पक्राउ, मानमर्दनले उद्योगी, व्यवसायी एवम् निजीक्षेत्र माझ निरासा छाएको उल्लेख गरेको छ ।
जुनसुकै पक्षबाट हुने गैरकानूनी विषयमा राज्यको तर्फबाट अध्ययन अनुसन्धान र कानूनी कारवाही गरिनु पर्दछ भन्ने संघको मान्यता रहेको छ । तर गहिरो अध्ययन अनुसन्धान नै नगरी एउटा राष्ट्रियस्तरको उद्योगी व्यवसायीलाई अपराधी सरह गिरफ्तार गरी कारवाही चलाउनु हुंदैन भन्ने संघको मान्यता रहेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा विश्वव्यापी मन्दी, सरकारी निकायहरुको आवश्यकताभन्दा बढी नियमन र कारवाही लगायतका कारणले उद्योग व्यवसायहरु धरासायी भइरहेकै बेला राष्ट्रियस्तरको उद्योगी व्यवसायीलाई फौजदारी अपराध गरेको अपराधी सरह थुनामा राखी कारवाही गरिंदा विदेशी लगानी भित्रिने कुरा त परै जाओस् भएकै लगानी समेत पलायन भई मुलुक झन् ठूलो आर्थिक संकटमा फस्ने सम्भावना बढेर गएको संघले जनाएको छ ।
संघले केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका उद्योगी अरुण चौधरीलाई तत्कालै रिहा गरी अनुसन्धान गर्ने विज्ञप्ति मार्फत् जोडदार माग गरेको छ ।
Facebook Comments Box