सहारा दैनिक

spot_img
Homeदेशमधेशलालबंगलाबाट पुर्व राजा शाहको विशेष सम्बोधन हुने

लालबंगलाबाट पुर्व राजा शाहको विशेष सम्बोधन हुने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ माघ ।
पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहद्वारा वीरगंजमा विशेष सम्बोधन हुने मूल समारोह समितिले जनाएको छ ।
राजाको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधीले माघ १३ गते शनिवार वीरगंज स्थित लालबंगला परिसरमा हुने अभिनन्दन पश्चात पुर्व राजाबाट विशेष सम्बोधन हुने बताउनु भयो ।
लालबंगला परिसरमा अभिनन्दन स्थलको निर्माणमा सकृय कोषाध्यक्ष सिंधीले संचारकर्मीहरु संगको कुराकानीका क्रममा स्वागत तथा नागरिक अभिनन्दन समारोहको तयारी बारे जानकारी दिंदै राजाबाट सो दिन विशेष सम्बोधन समेत हुने बताउनु भयो ।
समारोह स्थलमा उपस्थित मूल समारोह समितिका प्रचार प्रसार संयोजक मानव सेवकले हजारौको शंख्यामा उपस्थित हुने जनतालाई मुलुकको वर्तमान जर्जर अवस्थाबाट निकासका लागी राजाबाट विशेष सम्बोधन हुन लागेको जानकारी दिनु भयो ।
लालबंगला परिसरमा नागरिक अभिनन्दन समारोह स्थलमा पुर्व राजा शाहले आम नागरिकसंग प्रत्यक्ष भेटघाट समेतको कार्यक्रम रहेकाले सोही बमोजिम बार लगाउने कार्य लालबंगला परिसरमा भइरहेको बताउनु भयो ।
जनताले शुलभ तरिकाले राजालाई भेट्न र हेर्न पाऊन भन्ने उदेश्यले तयारी गरिएको मञ्च व्यवस्थापनको समेत जिम्मेवारी सम्हाली रहनु भएका मूल समारोह समितिका कोषाध्यक्ष सिंधीले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -