सहारा दैनिक

spot_img
Homeदेशमधेशपुर्व राजा शाहको स्वागतमा हजारौं सर्वसाधारण सहभागी

पुर्व राजा शाहको स्वागतमा हजारौं सर्वसाधारण सहभागी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ माघ ।
बारा जिल्ला बरियारपुर स्थित गढीमाई मन्दिरमा पूजा गर्न पुग्नु भएका पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन् ।
मध्य तराईको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाको धार्मिक भ्रमणमा रहनु भएका पुर्व राजा शाह विहिबार गढीमाई मन्दिरमा पूजा गर्न जांदा स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिको अगुवाईमा राष्ट्रिय झण्डा सहित आएका सर्वसाधारणहरूले भव्य स्वागत गरेका हुन् ।
मधेश प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारण नागरिकसंग भेटघाट एवं धार्मिक भ्रमणकालागि पौष २३ गते सिमरा आइपुगेपछि पौष २८ गते सर्लाही जिल्ला बरहथवा स्थित मुक्तेश्वर महादेव मन्दिर, माघ २ गते रौतहट जिल्ला शिवनगर स्थित शिव मन्दिर पछि बिहीबार बारा जिल्ला स्थित गढीमाई मन्दिरमा पूजा गर्न जांदा हजारौंको संख्यामा रहेका सर्वसाधारणहरुले राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको जनता कसको राजाको जस्ता नारा लगाउदै पुर्व राजा शाहलाई फूल माला र पुष्पबृष्टिसहित स्वागत गरेका हुन ।
पुर्व राजा शाहको स्वागतका लागि गढीमाई मन्दिर क्षेत्रमा लगाइएका उहाको तस्वीर सहित बैनर बारा प्रशासनले हटाईदिएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका प्रचार प्रसार विभाग प्रमुख मानव सेवकले जानकारी दिनु भयो ।
उहाले प्रशासनले बैनर हटाएपनि शान्ति सुरक्षा एवं भीड व्यवस्थापनमा भने बारा प्रशासनले कुशलता प्रदर्शन गरेको बताउनु भयो ।
पुर्व राजा शाहको माघ ७ गते हेटौडा स्थित मन्दिर र गुम्बामा पुजा अर्चना गर्ने र माघ १३ गते शनिवारका दिन वीरगंज स्थित लाल बंगला परिसरमा उहाको नागरिक अभिनन्दन गरिने कार्यक्रम निर्धारण भएको समितिका महासचिव हिरा बहादुर चन्दले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -