सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित एक पक्राउ, गाँजा खेती फडानी

लागु औषध सहित एक पक्राउ, गाँजा खेती फडानी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ माघ ।
पर्सा प्रहरीले विभिन्न लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं.८ पानीटंकी सडकखण्डमा रिक्सालाई रोकेर चेकजाँच गर्दा पहेलो रंगको जेब्रा झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध फेला परे पछि रिक्सा चालक वीमनपा वडा नं.१ छप्कैया बस्ने वर्ष ५० को बब्लुलाल कर्णलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।


त्यसै गरी प्रनाउ थापाले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले गाँजा खेती फँडानी गरेको छ ।
सूचना परिचालन तथा कारवाहीको सिलसिलामा बुधवार ठोरी गाउपालिका वडा नं.५ स्थित रामनगर र बुद्धनगरमा अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुर जग्गामा गाँजाको बोट फडानी गरी नष्ट गरिएको प्रनाउ थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -