सहारा दैनिक

spot_img
Homeदेशमधेशमाघ ८ गते मान्साहारी र रक्सी पसल बन्द गर्न आग्रह

माघ ८ गते मान्साहारी र रक्सी पसल बन्द गर्न आग्रह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ माघ ।
विश्व हिंन्दू परिषद नेपाल, वीरगंज महानगर समितिले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिर उद्घाटनका दिन माघ ८ गते वीरगंजका सम्पूर्ण माछा, मासु, रक्सी पसल बन्द गर्न आग्रह गरेको छ ।
विश्व हिंन्दू परिषद नेपाल, वीरगंज महानगर अध्यक्ष सागर सर्राफको नेतृत्वको टोलीले मंगलवार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाउदै यस्तो आग्रह गरेको हो ।
परिषदले बुझाएको ज्ञापन पत्रमा पांच सय वर्षपछि निर्माण भएको राम मन्दिरको निर्माणले विश्वकै सम्पूर्ण हिन्दूहरूको अस्थाको विषय रहेकाले माघ ८ गते वीरगंजका सम्पूर्ण माछा, मासु, रक्सी पसल बन्द गर्न आग्रह गरेको हो ।
ज्ञापन पत्रमा त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर जस्तै सजावट गर्ने, विहान झाँकी सहित नगर परिक्रमा गर्न शोभा यात्रा निकालिने, दिउसो प्राण प्रतिष्ठा प्रोजेक्टरबाट ठाउ–ठाउमा लाईभ देखाउने, साँझ हरेक मन्दिरमा भव्य दिपोत्सव बाल्ने, ठाउ–ठाउमा महाआरती गर्न लागिएको उल्लेख गरेको छ ।
माघ ८ गते सोमवार राती हरेक ठाउ–ठाउमा झाँकी कार्यक्रम राखिएकोले बहुसंख्यक हिन्दूहरूको अस्थालाई मध्य नजर गरी वीरगंज नगरमा रहेको सम्पूर्ण मासु, माछा, रक्सी पसल र मांसाहारी होटल बन्द गराई दिन परिषद वीरगंजले ज्ञापन पत्र मार्फत आग्रह गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -