सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ माघ ।
यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय सहारा दैनिकका सम्पादक वृजलाल पासवानलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा सभाहलमा सोमवार आयोजित एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद अजयकुमार चौरसियाले सम्पादक पासवानलाई नगद रु ५० हजार सहित कदरपत्र प्रदान गरी पुरस्कृत गर्नु भयो ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस बर्षको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय अनुरुप उहालाई सम्मान गरिएको हो ।
पुरस्कृत पासवान समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार समेत हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्रचौहान, स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, महासंघ पर्साका पुर्व अध्यक्ष अशोक तिवारी, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, सााजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनोज फटेल लगायतले मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा वत्ताहरुले स्व. गोपाल गिरीले पत्रकारिता, राजनिति र समाजिक क्षेत्रमा गरेको योगदान बारे चर्चा गरेका थिए ।
स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगंज उपमहानगरको मनोनित मेयर रहदा २०६० साल माघ १ गते तत्कालिन माओवादी विद्रोहीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिनु भयो ।
यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बञ्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।
Facebook Comments Box