सहारा दैनिक

spot_img
Homeखेलकूदवीरगंज तेक्वाण्डो संघको वार्षिक साधारणसभा सम्पन्न

वीरगंज तेक्वाण्डो संघको वार्षिक साधारणसभा सम्पन्न

सहारा संवाददाता/

वीरगंज, २९ पुस/ पर्सा जिल्ला तेक्वाण्डो संघको सभापति गणेश मान श्रेष्ठ, प्रमुख अतिथि ओम प्रकाश शर्मा विशिष्ट अतिथि टेक्वाण्डो मधेश प्रदेशका महासचिव राज कुमार लामा, वरिष्ठ प्रशिक्षक बिजय शाह ठकुरी, दिपक तिवारी, प्रशिक्षक म. सकिल शेख, नाजिर हुसेन र २०२३ सेप्टेम्बर २४ देखि २९ सम्म चाइना १९ औं एशियन खेलमा सहभागी भएका वीरगंजका खेलाडी जैकी यादबलाई सम्मान गरियो।

र साथै वरिष्ठ प्रशिक्षक बिजय शाह ठकूरीलाई यस खेलमा खेलाडी प्रशिक्षक भई २८ वर्ष बिताई हाल खेल जीवन र प्रशिक्षकबाट सेवा अवकाश भएकोले निज लाई पनि बिदाई सम्पन्न गरियो।

यस साधारण सभाबाट संघमा ५ सदस्यहरू रामवावु पटेल, सुरेन्द्र कुर्मि, रुस्तम आलम, गुड्डु अंसारी र मंजिल हवारीलाई नयाँ सदस्यमा प्रवेश गराइयो।

सो कार्यक्रमको संचालन श्रीमती रोशनी श्रेष्ठले गर्नु भएको उपाध्यक्ष रमेश नारायण मानन्धरले बताउनु भयो।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -