सहारा दैनिक

spot_img
Homeदेशमधेशरास्वपाको महानगर चुनावमा भेदभाव हुने आशंका

रास्वपाको महानगर चुनावमा भेदभाव हुने आशंका

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज महानगरपालिकाको हुने चुनावमा भेदझाव हुने आशंका व्यक्त गरिएको छ ।
शुत्रवार पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रले एक प्रेस विज्ञप्ति जारी गरी शनिबार हुने महानगरपालिका स्तरीय कमिटी भेलामा भेदभाव हुने आशंका व्यक्त गरेको हो ।
मिश्रले महानगरपालिका कमिटी गठनका क्रममा पार्टीका एक तहले आफ्ना गुटगत र आफ्ना व्यक्तिहरूलाई निर्वाचन वा सहमति मार्फत पदमा ल्याउन चहलपहल गरिरहेको प्रेस विज्ञप्ती मार्फत आरोप लगाएका छन् ।


मिश्रले पार्टीका एक तहले राष्ट्रिय स्वतन्त्र पार्टीमा गुट उपगुटको राजनीति गरिरहेको आरोप लगाएका हुन ।
पार्टीको बिधान अनुसार चुनाव वा संगठन भेलाको बेला कुनै पनि जिम्मेवार ब्यक्तीले एउटा गुटको समर्थन गर्नु वा मत माग्नु विधि विधान बिपरित रहेको मिश्रले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
मिश्रले यो समस्याहरुको बारेमा केन्द्रीय तहका नेता लगायत जिम्मेवार ब्यक्तिहरुलाइ जनाए पनि चासो न लिएकाले पार्टीको मुल उपदेश्य मिशन ८४ अन्यौलमा पर्ने बताएका छ्न ।
उनले गुट उपगुटको राजनीति आफुहरुलाइ मान्य नहुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -