सहारा दैनिक

spot_img
Homeदेशमधेशबम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

सर्लाही, २६ पुस (रासस)
यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उक्त अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । जिल्ला अदालत सर्लाहीको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ ।
अदालत भित्र बहस चलिरहेको समयमा ठूलो संख्यामा बाहिर बम्जनका अनुयायीहरु भेला भएका थिए । अदालत भित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सर्लाहीको लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको थियो । यौन शोषणको मुद्दामा अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न आदेश दिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई मंगलवार बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -