सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित दुई पक्राउ

लागु औषध सहित दुई पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ पुस ।
लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्क र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.८ स्थित सडकखण्डमा दुई जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई खानतलासी गर्दा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं.७ बस्ने बर्ष ३८ को बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ १०२ ग्राम फेला परे पछि निज संगै रहेको वर्ष ३८ को फिरोज चौधरी समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध सहित नियन्त्रणमा लिईएका दुवै जना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -