सहारा दैनिक

spot_img
Homeसमाचारमेल्भिन जोन्सको जन्मदिवसको अवसरमा मेहन्दी प्रतियोगिता

मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा मेहन्दी प्रतियोगिता

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ पुस ।
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्म दिवसको अवसरमा साता ब्यापी कार्यक्रम अन्तर्गत मेहन्दी प्रतियोगिता आयोजना गरेको छ ।
जोन्सको १४५ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, ग्रीन क्याम्पस, विजयपथ, र ग्रीन सिटीले मंगलवार संयुक्त रुपमा सेस्मी ईन्टरनेशनल स्कुल वीरगंजमा मेहन्दी प्रतियोगिता आयोजना गरेको हो ।
कक्षा ७ देखि कक्षा १० मा अध्ययनरत १५ जना छात्राहरुको सहभागितामा आयोजित प्रतियोगितामा सेस्मी ईन्टरनेशनल स्कुल कक्षा ९ मा अध्ययनरत स्वेच्छा साह प्रथम, सिर्जना साह द्वितीय र कक्षा ८ मा अध्ययनरत सेनी गुप्ता तृतीय भएकी छिन् ।
विजयी छाक्राहरुलाई कार्यत्रमका अतिथिहरुद्वारा विभिन्न पुरस्कारहरु प्रदान गरिएको छ ।
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय हरलालकाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा.रमेश अग्रवाल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजर लायन राम बिहारी पाण्डे, एरिया नम्बर ३ का एरिया चिफ लायन उमेश शर्मा, एरिया ट्रेजर लायन आश्मा सिंह यादव, पुर्व डिष्ट्रिक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन अजय साह, लायन रिया अधिकारी, लायन जितेन्द्र चौधरी लगायत विद्यालयका सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -