सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ पुस ।
पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको बारा जिल्ला स्थित सिमरामा भव्य स्वागत गरिएको छ ।
भैरहवाबाट स्थल मार्ग हुंदै सोमवार अप्रहान्न सिमरा पुग्नु भएका राजा शाहलाई नागरिक अभिनन्दन मुल समिति वीरगंजको नेतृत्वमा भव्य स्वागत गरिएको हो ।
निकट भविष्यमा वीरगंजमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दनका लागी नेपाली कांग्रेसका वरिष्ट नेता अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा गठित मुल समितिले उहाको स्वागत गरेको हो ।
वीरगंजमा हुने नागरिक अभिनन्दनका साथै बारा र रौतहट जिल्लामा धार्मिक भ्रमणका लागी सिमरा स्थित प्रभुवासमा आउनु भएका पुर्व राजा शाहलाई मुल समितिका महासचिव हिरा बहादुर चन्द, कोषाध्यक्ष राजकुमार सिंधी, प्रचार प्रसार उप–समिति संयोजक मानव सेवक लगायतको नेतृत्वमा रहेका हजारौ सर्वसाधारणले स्वागत गरेका हुन ।
त्यसै गरी पुर्व राजाको स्वागतमा प्रभुवास अगाडी राप्रपाका मधेस प्रदेश अध्यक्ष जगरनाथ प्रसाद कुर्मी नेतृत्वमा राप्रपाका नेता/कार्यकर्ताहरु समेत सहभागी रहेका थिए ।