सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ पुस ।
बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट कपडा तथा खुद्रा समानहरू लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.६ ख ७७९८ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक भित्र रहेको कपडा तथा खुद्रा सामानहरुको अ.मु.रू. ५६ लाख ५ हजार ६ सय ८४ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box