सहारा दैनिक

spot_img
Homeदेशमधेशहरवाचरवा अधिकार मञ्च रौतहट दोश्रो सम्मेलन सम्पन्न

हरवाचरवा अधिकार मञ्च रौतहट दोश्रो सम्मेलन सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ पुस ।
जिल्ला भूमि आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले कृषि बंधुवा मजदुर दासप्रथाको अवशेषको रुपमा रहेका हरवाचरवा भूमिहिनको समस्या सामाधानका लागि आयोगले कामको थालनी गरेको बताउनु भएको छ ।
हरवाचरवा अधिकार मञ्च रौतहटको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा अध्यक्ष रेग्मीले यस्तो जानकारी दिनु भएको हो ।
उहाले हरवाचरवाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्ने उत्तरदायित्व राज्यको भएकोले स्थानीय, प्रदेश र संघीय सरकारले मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापनका लागि कार्ययोजना निर्माण गरि त्यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्वसदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाको नेपाल सरकार द्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज घोषणा गर्नुपर्ने माग गर्नु भयो ।
उहाले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुनःर्स्थापनाका लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनुपर्ने, राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरि पहिचान गरिनुपर्ने र हरवाचरवा पुनर्स्थापनाको लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुनर्स्थापना समिति गठन गरिनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा भूमि आयोग कैलालीका सदस्य पार्वती आग्री, माधवनारायण नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकुमार यादव, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सहसचिव रामदयाल मााझी, भूमि अधिकार मञ्च मधेशप्रदेश सचिव अनुप मांझी, महिला अधिकारकर्मी किरन पाशवान लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
जिल्ला हरवाचरवा अधिकार मञ्चका अध्यक्ष बिगनेश पाशवानको सभापतित्वमा आयोजित कार्यक्रममा कोषाध्यक्ष शान्ती रामले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला हरवाचरवा एक्टीभीष्ट शुब्वासाहेव कुमार हजारीले गर्नुभएको थियो ।
सम्मेलनले दशरथ रामको अध्यक्षतामा १३ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहट गठन गरेको छ ।
जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः किसमतीया देवी पासवान, सुनिल पाशवान, शान्ती राम र डिकाकुमारी ठाकुर चयन हुनु भएको छ भने सदस्यहरुमा उपेन्द्र दास, खुब्बु पासवान, गोलीयादेवी राम, सचितानन्द राम, मालती चौधरी, रामसुधार पासवान र धरमशिलादेवी राम रहनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -