काठमाण्डौं, १८ पुस ।
युथ क्रियशनद्वारा आयोजित मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ ।
काठमाण्डौं सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा आयोजित शो मा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन ।
निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन ।
सो अवसरमा मुख्य निर्नायक लोकदोहोरी गायक बल बहादुर गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताए । उनले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने बताए । यस्ता कार्यक्रमहरुले समाज र देशमा युवाहरुलाई थप हौसला मिल्ने बताए ।
युथ कृयशनका अध्यक्ष रवी लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल ऊच्च हुनेमा विश्वास व्यक्त गरे ।
कार्यत्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार एंव अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको फाइनल पौष २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक टिमले जानकारी दिए । सो अवसरमा ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक एंव सांस्कृतिक प्रस्तुती रहने पनि आयोजकले जानकारी दिएका छन ।
मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो
Facebook Comments Box