सहारा दैनिक

spot_img
Homeसमाचारसभापति लामिछानेद्वारा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर

सभापति लामिछानेद्वारा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर

काठमाडौँ, १७ पुस (रासस)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गर्नुभएको छ ।
कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको फिरादपत्रमा आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको उल्लेख छ । उक्त विवादको आगामी माघ १७ गते सुनुवाइ ताकिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसादले पन्थीले जानकारी दिनुभयो ।
  अध्यक्ष लामिछानेले फिरादपत्रमा आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्‍याउने मनसायले जानीबुझी चरित्र हत्या गर्ने गरी समाचा प्रकाशित गरेको उल्लेख गर्नुभएको छ । उत्तः समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानिनोक्सानी भएकाले प्रतिवादीबाट कानुनअनुसार सांङेकेतिकरुपमा रु एक सय ५१ क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -