सहारा दैनिक

spot_img
Homeदेशमधेशस्व.राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीः संविधान २०४७ पुनः स्थापनाका लागी हुने आन्दोलनमा...

स्व.राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीः संविधान २०४७ पुनः स्थापनाका लागी हुने आन्दोलनमा सहभागी हुन अहृवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ पुस ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले संविधान २०४७ लागु गर्न हुने शान्तिपुर्ण आन्दोलनमा सहभागी हुन अहृवान गर्नु भएको छ ।
स्व. राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित स्व. राजा विरेन्द्रको शालिक अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले यस्तो अहृवान गर्नु भएको हो ।
उहाले शान्तिपुर्ण एवं अहिंसक आन्दोलनबाट संविधान २०७२ को विस्थापन र संविधान २०४७ को पुनः स्थापना हुनु पर्ने बताउदै निकट भविष्यमै हुने आन्दोलनमा सम्पुर्ण नेपाली जनताका साथै नेपाली सेना र प्रहरीलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
उहाले मेलमिलापको निति अनुरुप राजसंस्था र राजनितिक दलहरु मिल्नुको विकल्प नरहेको बताउदै मुलुकको वर्तमान जरजर अवस्थाबाट निकासका लागी संविधान २०४७ अपरिहार्य भएको बताउनु भयो ।
यही पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका संयोजक समेत रहेका नेपालीले तत्कालिन राजा विरेन्द्र र राजनितिक दलहरुले मिलेर बनाएको संविधान २०४७ पुनः स्थापित गर्नु छ र मुलुकलाई शान्ति क्षेत्र बनाउनु छ भन्नु भयो ।
उहाले संविधान २०४७ का घोषणा गर्नु भएका स्व. राजा श्री ५ विरेन्द्र प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।
त्यसै गरी कार्यक्रममा भुपु शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले पनि संविधान २०७२ को वहिर्गमन अनिवार्य भएको बताउनु भयो ।
उहाले संविधान २०७२ को वहिर्गमन र संविधान २०४७ को पुनःस्थापनाको लागी हुने आन्दोलनमा सहभागी हुन सम्पुर्ण नेपाली जनतामा अहृवान गर्नु भयो ।
वर्तमान संविधानले मुलुकको हित नहुने भएकाले आफु पनि संविधान २०४७ पुनःस्थापना हुनु पर्ने बाटो तर्फ अग्रसर भएको बताउनु भयो ।
जेष्ठ नागरिक संघका संस्थापक एवं समाजसेवी पशुपति विक्रम शाहको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका प्रचार विभाग प्रमुख मानव सेवक, राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, नागरिक सरोकार मञ्चका नन्दकिशोर गोयल, नेपाल विद्वत परिषदका रामनारायण साह, राष्ट्रिय नागरिक संघर्ष समिति सत्तार अन्सारी, विरेन्द्र थापा, अनु राणा, असर्फि साह, विश्व हिन्दु महासंघका पृथ्वी झा, अजय साह लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -