सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ पुस ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको आरोप लगाउनु भएको छ ।
“बैंकहरुले लिने गरेका मनोमानी ब्याज फिर्ता गराउन, लघुवित्त र सहकारीहरुको सम्पुर्ण ऋण मिनाहा गराउन तथा आम जनतालाई सहज कर्जा दिलाउन” वीरगंजमा आयोजित अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाउनु भएको हो ।
उहाले उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्नेमा जोड दिंदै देशकै आर्थिक राजधानी वीरगंज सहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउँने काम उपेन्द्रले गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष साहले सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडी छ । वीरगंज सहित मधेसलाई बर्वाद गर्ने, उजाड बनाउँने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ भन्नु भयो ।
उहाले मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिले पनि शासनमा छदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरेको आरोप लगाउनु भयो ।
के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यतिकै छाडने हो ? मधेसलाई गुलजार बनाउँने हो भने मधेसलाई उजाड बनाउनेलाई दण्डित गर्नैपर्छ भन्नु भयो ।
दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाईरहको आरोप लगाउदै अध्यक्ष साहले संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनु भयो ।
मुलुक आर्थिक संकटको चपेटामा पर्नुको प्रमुख कारण अहिलेको सरकार भगौडा दलालहरुको कब्जामा भएकाले यो अवस्था आएको बताउदै उहाले अब गैरआवासीय नेपालीको नाममा दोहोरो नागरिकता दिने र देशको पुँजी पलायन गराउने सरकारको षड्यन्त्र र त्यस्ता भगौडा वर्गहरुको अचल सम्पत्ति कब्जा गरेर राष्ट्रियकरण गर्नुपर्ने उहाले बताउनु झयो ।
अन्तरक्रिया कार्यत्रममा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा गम्भिर छलफल भएको आजपा केन्द्रीय सदस्य बालकृष्ण सापकोटाले बताउनु भयो ।
अन्तरकृयामा सहभागीहरुले यी मागहरु पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन फ्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यत्रममा विभिन्न राजनीतिक पार्टीका नेता एवं प्रतिनिधिहरु, सरोकारवाला तथा पीडीतहरुको सहभागिता रहेको थियो ।
Facebook Comments Box