सहारा दैनिक

spot_img
Homeदेशमधेशहरवाचरवाको परिचयपत्र वितरण गरिने–प्रदेशसभा सदस्य चौधरी

हरवाचरवाको परिचयपत्र वितरण गरिने–प्रदेशसभा सदस्य चौधरी

सहारा संवाददाता–––––––––––––––
लहान, १२ पुस ।
मधेशप्रदेश प्रदेशसभा सदस्य राजेन्द्र प्रसाल चौधरीले मुक्त हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण गरिने बताउनु भयो ।
हरवाचरवा अधिकार मञ्च सिरहाको लहानमा आयोजित चौथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य चौधरीले मधेसप्रदेश सरकारको आर्थिक बर्ष २०८०/२०८१ को निति, कार्यक्रम र बजेट कार्यान्वयन मार्फत मधेस प्रदेशका ८ जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र परिचयपत्र बितरण गरिने बताउनु भएको हो ।
उहाले नेपाल सरकारद्धारा मुक्त घोषणा गरिएका हरवाचरवाहरुको न्यायिक पुनर्स्थापनाका लागि मधेसप्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग आवश्यक पहल कदमी गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
कार्यक्रममा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले मुक्त हरवाचरवाहरुको आर्थिक तथा सामाजिक सवालहरु सम्बोधन गर्नका लागि स्थानीय सरकारले कार्यबिधी निर्माण गरि अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा लक्ष्मीपुर पतारी गाउपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव, बरियारपट्टी गाउपालिकाका उपाध्यक्ष ममता यादव, द फ्रिडम फण्डका जन वकालत सल्लाहकार बालराम झट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाको अध्यक्षतामा आयोजित कार्यत्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका जन वकालत अधिकृत सञ्जय कुमार महराले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो झने कार्यक्रमको सञ्चालन दलित जनकल्याण यूवा क्लवका कार्यत्रम संयोजक बहादुर सदाले गर्नु भयो ।
“मुक्त हरवाचरवाको न्यायिक प्नुःर्स्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले चलितर मण्डलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सिरहा गठन गरेको छ ।
जसको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः जमुनी सदाय, राधा चौधरी, ईश्वरवती राम र हरी राम रहनु भएको छ भने सदस्यहरुमा क्रमशः श्यामसुन्दर सदा, सुनिता सदा, बिष्णुदेवी सदा जीतनी सदा, पानोदेवी सदा, अमित्रादेबी सदा, परमेश्वर मण्डल, प्रमिला देवी राम, पुकारी मोची र कबिता पाशवान रहेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -