सहारा दैनिक

spot_img
Homeदेशमधेशजनकपुरधामबाट भार पठाउने तयारी

जनकपुरधामबाट भार पठाउने तयारी

धनुषा, पुस १० (रासस)
भारतको अयोध्यमा भगवान् रामको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी भएको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाइमा यात्रा गर्दै भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो ।
सो भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्‍याइने छ । भारमा विभिन्न प्रकारका कपडा, आभूषण र भाडाबर्तनका साथै मिठाई तथा पकवान रहने उहाँले जानकारी गराउनुभयो । महन्थ वैष्णवका अनुसार जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलङ्गवाबाट सिम्रौनगढ, गढीमाई हुँदै वीरगञ्जमा रात्रि विश्राम गर्ने योजना रहेको छ ।


भोलिपल्ट ८ बजे यात्रा प्रारम्भ गरेर वीरगञ्जको जानकी नगरद्वार हुँदै बेतिया, कुशीनगर, सिद्धार्थनगर हुँदै गोरखपुर र अयोध्यामा पुगेर विश्राम गर्ने कार्यक्रम रहेको उहाँको भनाइ थियो । छ तारिकका दिन विधिवत् राम जन्मभूमि राममन्दिर टूष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
उक्त भार यात्राका लागि एक हजार एक सय सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको र यसको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ वैष्णवले गर्नुहुने छ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -