सहारा दैनिक

spot_img
Homeदेशमधेशस्वर्णकारलाई गोली प्रहार गर्ने सुटर पक्राउ

स्वर्णकारलाई गोली प्रहार गर्ने सुटर पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० पुस ।
रुपेश स्वर्णकारलाई गोली प्रहार गरी हत्या गर्ने भारतिय सुटरलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला सदरमुकाम कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई गोली प्रहार गरि हत्या गर्ने सुटर भारतीत नागरिक सुजित कुमार सिंहलाई पक्राउ गरेको हो ।
गत कार्तिक १३ गते प्रधानाध्यापक स्वर्णकारलाई दुई मोटरसाइकलमा आएका अज्ञात समुहले गोली प्रहार गरि हत्या गरेका थिए ।
त्यस घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका सिंह सुटर रहेको खुले पछि बारा प्रहरीले खोजि सुचिमा राखेका थिए ।
यसै विच हत्यारा भारत विहार मोतिहारी जिल्ला दर्पा थाना १ सुक्लिहा निवासी २५ बर्षिय सुजित कुमार सिंहलाई मंगलबार सांझ बारा जिल्ला विश्रामपुर गउपालिका वडा नं. ३ स्थित भारतीय सिमा क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
सिंहलाई नियन्क्रणमा लिने त्रममा उनले प्रहरीमाथि गोली प्रहार गरेपछि जवावी फायरिङ गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जवावी कारवाहीको क्रममा प्रहरीले चलाएको गोली भारतिय सुटर सिंहको खुट्टा लागेको छ । उनको हाल कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -