सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ पुस ।
पर्सा जिल्ला पटेर्वा सुगौली गाउपालिकामा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
शौच गर्न गएका पटेर्वा सुगौली गाउपालिका वडा नं. २ थरकटी टोलका बाबुलाल उराव धांगडको २२ बर्षीय छोरा मनोज उराव धांगडको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
आइतवार राती करीब ७ बजे शौच गर्न आफनै घरको छेउमा रहेको फरगटी आधारभुत विद्यालय नजिक जांदा बाघको आक्रमणमा परी मनोजको मृत्यु भएको बताइएको छ ।
स्थानीयलाई उद्दत गर्दै पटेर्वा सुगौली गाउपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीले जनाएको छ । आइतवार साझपख जंगल छेऊमा शौच गर्न गएका मनोजलाई बाघले घिसारेर लगेको हुन सक्ने बताइएको छ ।
मनोज बेपत्ता भएपछि खोजी गर्ने क्रममा सोमवार विहान उनले लगाएको चप्पल भेटिएको र सोही स्थानमा बाघको पञ्जाको डोव पनि भेटिएकाले बाघले नै मनोजलाई लगेको यकिन भएको उहाले वताउनु भयो ।
खोज तलासकै क्रममा सोमबार बिहान खेत नजिकैको जंगलमा बाघले खाएको अवस्थामा मनोजका शरीरका अ·हरू भेटिएको स्थानीयले जनाएका छन ।
खोज तलासको क्रममा मनोजको टाउको र खुट्टा फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
Facebook Comments Box